समृद्व मुलुक निर्माणका लागि Electrical Engineering
Dr. K N Dulal
Phd. in Water Resource
Principal Hillside College of Engineering
PU Subject Committee member
समृद्व मुलुक निर्माणका लागि Electrical Engineering
नेपाललाई समृद्व मुलुक बनाउन जलस्रोतको उपयोग गर्न जरुरी छ । स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगहरुको स्थापना गर्न जरुरी छ । आधुनिक संचार जगतको क्षेत्रमा हामी धेरै नै पछि परेका छौं, संचार क्षेत्रको बिकास गर्न जरुरी छ । जथाभावी घरहरु निर्माण गरेर खेतियोग्य जमिन सकिदैछ, त्यसलाई रोकेर स्मार्ट सिटी र अपार्टमेण्टहरुको निर्माण गर्न जरुरी छ । मुलुकको बिकास निर्माणको गति संगै मेट्रो रेल, मोनो रेल लगायतका रेल्वे सेवाहरु संचालन गर्न जरुरी छ । त्यसैगरी हवाई उडानलाई पनि ब्यबस्थित र सूरक्षित रुपमा संचालन गर्नुपर्ने छ । सौर्य उर्जा लगायत बैकल्पिक उर्जाको बारेमा पनि संगसंगै ब्यवस्थापन गर्दै जानुपर्नेछ । यी सम्पूर्ण कार्यहरु गर्न गराउनको लागि चाहिने सबैभन्दा मूख्य जनशक्ति भनेको Electrical Engineer नै हो ।
Electrical Engineering, अवसरै अवसर
Electrical Engineering भित्र Electronic Engineering, Telecommunication Engineering, Control Engineering, Signal Processing Engineering र Power Engineering जस्ता बिषयबस्तुहरु अध्ययन गर्नेगरी पाठ्यक्रम तर्जूमा हुने हुंदा यो इन्जिनियरिङ अध्ययन गरी Electrical Engineer हुन सके यस्ता इन्जिनियरको माग स्वदेश तथा बिदेशमा अत्यन्त धेरै रहेको छ र द्रुत गतिमा भैरहेको बिकास निर्माण संगै माग बढ्दै जाने देखिन्छ । Electrical Engineer ले सानासाना पोकेट डिभाइसेसहरु देखि ठूला प्रोजेक्टहरु जस्तै: सेटलाइट तथा रोबोटिक्स सम्म बनाउन र संचालन गर्न सक्ने भएकोले आजको दुनियाँमा Electrical Engineering अध्ययन गरेपछि रोजगारीको ग्यारेण्टी समेत रहेको छ । नेपाल बिद्युत प्राधिकरण, नेपाल टेलिकम, एनसेल, हाइड्रोपावर लगायत औद्योगिक क्षेत्रमा समेत Electrical Engineer को माग रहेको छ भने Faculty को रुपमा पनि अध्यापन गर्ने काम पाउन सकिन्छ । त्यसैगरी Alternative Energy को क्षेत्र, Research institutions लगायत साना, मध्यम र ठूला उद्योगहरुमा समेत Electrical Engineer को आवश्यकता पर्ने हुन्छ । स्वदेश वा बिदेशमा दिन प्रतिदिन Electrical Engineer हरुको माग बढिरहेको छ । Civil Engineer को माग नेपाल जस्तो बिकाससिल राष्ट्रमा मात्र बढी हुने गर्दछ, बिकसित राष्ट्रमा एकदमै कम माग रहेको हुन्छ, तर Electrical Engineer को माग सदैव बढिरहने अबस्था रहने भएकोले यो कार्यक्रम प्रति बिद्यार्थीहरुको आकर्षण पनि बढ्दै गैरहेको पाइन्छ ।
सरकारको नीति संग जोडिएको Electrical Engineering
स्वच्छ खानेपानी, सरसफाई, पर्याप्त आधुनिक उर्जा सहितको सुरक्षित मानब बसोबास तथा व्यवस्थित सहरीकरणमा जोड दिने नेपाल सरकारको लक्ष्यलाई परिपूर्ति गर्न Electrical Engineer को महत्त्वपूर्ण भूमिका रहन्छ । कृषि उत्पादनको सूरक्षित तथा किफायती भण्डारण गर्नका लागि, सरकारी, निजी साझेदारी मार्फत औद्योगिकरणलाई प्रवर्द्वन गर्न समेत दक्ष Electrical Engineer हरुको आवश्यक पर्दछ । अस्पतालहरुमा प्रयोग हुने Equipments संचालनको लागि, कृषि यान्त्रीकरणको प्रवर्द्वन गर्न, विद्युत लाइन मर्मत तथा सुदृढिकरणका लागि, बिधि बिज्ञान प्रयोगशालाको स्थापना, वेवसाइट र एप्सको निर्माण गर्नका लागि तथा औद्योगिक क्षेत्र स्थापना र संचालनका लागि समेत Electrical Engineer हरुको भूमिका बढ्दै गैरहेको छ । राष्ट्रिय बिद्युत प्रणालीको जडित क्षमता १३८६ मेगावाट पुगेको छ, यस बर्ष ३ हजार मेगावाट पुर्याउने जुन लक्ष्य लिएको छ, त्यसको संचालन र प्रसारणका लागि Electrical Engineer हरु को प्रमुख भूमिका रहने हुन्छ । सौर्य मिनी ग्रीड संचालन गरी विद्युतिकरण गर्न, विद्युत चुहावट नियन्त्रण गर्न, साना ठूला हाइड्रोपावर निर्माण र संचालनका लागि Electrical Engineer हरुको अहम भूमिका हुन्छ । नेपालको पानी जनताको लगानी भन्ने नारालाई सार्थक तुल्याउन पनि Electrical Engineer हरुले अग्रपंक्तिमा रहेर काम गरिरहेका हुन्छन । विद्युत प्रसारण लाइनको निर्माण र संचालन गर्न, संचारको क्षेत्रमा आधुनिकरण गर्दै संचालन गर्न समेत Electrical Engineer हरुको भूमिका अपरिहार्य हुन्छ ।