"Electrical Engineering मा अवसर नै अवसर
"Electrical Engineering मा अवसर नै अवसर
हिलसाइड कलेज अफ इन्जिनियरिङ, कोटेश्वर, काठमाण्डौंले कलेजमा अध्ययनरत आठौं सेमिष्टरका Electrical मा अध्ययनरत विद्यार्थीहरुलाई Job Placement गर्न सहज होस भन्नाको लागि आज उदयपुर सिमेण्ट उद्योग लि. जलजले, उदयपुर र रिडी हाइड्रोपावर प्रा. लि. संग छुट्टाछुट्टै सम्झौता सम्पन्न गरेको छ । यसबाट विद्यार्थीलाई अभ्यासगत सिकाइको ज्ञान प्राप्त भइ तत्काल काममा लाग्न सक्ने अबस्थाको शृजना हुने देखिन्छ भने उद्योगहरूलाई पनि अल्पकालीन जनशक्तिको पूर्ती हुने आशा गरिएको छ । उदयपुर सिमेण्ट उद्योग, नेपाल सरकारको पूर्ण स्वामित्वमा संचालित प्रति दिन १६ हजार बोरा गैंडाछाप सिमेण्ट उत्पादन गर्ने प्रतिष्ठित उद्योग हो । करीब ६.५ मेगावाट विद्युत खपत गर्ने उद्योग भएकोले यस उद्योगमा Electrical Engineering पढिसके पछि विद्यार्थीलाई Internship का लागि उपयोगी हुने देखिन्छ ।
त्यसै गरी रिडी हाइड्रोपावरले हाइड्रोपावरको साथसाथै बुटवलमा १० मेगावाटको सोलार पावर प्लाण्ट जडान गरि सफलतापूर्वक संचालन गरिरहेकोले इलेक्ट्रीकल इन्जिनियरिङका विद्यार्थीहरुलाई Internship को लागि महत्त्वपूर्ण थलो हुनेछ ।